बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एम्बुलेन्सको ठक्करबाट घाइते भएका युवकको मृत्यु

आइतबार, १५ साउन २०७९, १४ : ३३
आइतबार, १५ साउन २०७९

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत साउन ४ गते   झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा भएको सो दुर्घटनामा घाइते भएका स्कुटर चालक २३ वर्षीय राजेश कार्की आइतबार उपचारको क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे १ च १६५४ नं। को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं. को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ बस्ने राजेश कार्की र उनको श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए ।

दुवैको  बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा राजेश कार्कीलाई १४ गते थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको थियो । एम्बुलेन्स र एम्बुलेन्स चालक चन्द्रबहादुर बि।क प्रहरीको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप