शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका महानगर मेयरले पोखरामा रोपे लालीगुराँस

आइतबार, १५ साउन २०७९, १४ : २१
आइतबार, १५ साउन २०७९

पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् । सराङकोटस्थित शिवमन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो ।

पोखराले अग्ला डाँडाहरूमा लालीगुराँस रोपेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गरिरहेको छ । बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेले तेह्रथुमबाट ल्याएका थिए । नेपालमा पाइने ३२ प्रजातिका बिरुवा पोखरामा रोप्न लागिएको छ । यसअघि पनि पोखरामा लालीगुराँस रोपिएका थिए ।

पोखराले हरियाली प्रवर्द्धनमा गरेका कामको सबैले प्रशंसा गरेका छन् । पोखराको आयोजनामा सराङकोटमा पहिलो पटक महानगर मेयर सम्मेलन भएको हो । सम्मेलनमा आएका उनीहरूले हरियाली प्रवर्द्धन र पर्यावरणको विकासमा सहकार्य गर्ने निर्णय गरेका छन् । लालीगुराँसको बिरुवा छेउमा रोप्नेको नामसमेत उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप