मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शान्तिश्री र सारिकाको स्वर रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

आइतबार, १५ साउन २०७९, १३ : ३३
आइतबार, १५ साउन २०७९

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत तथा एरेञ्ज गीतमा छ । 

गीतको भिडियोमा सात दिदीबहिनीको कथा बुनिएको छ । रोशन बुढाथोकीको कोरियोग्राफ रहेको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य छ ।

६० बढी कोरस प्रयोग गरिएको भिडियो राहुल राईको छायाङ्कन र विष्णु शर्माको सम्पादन छ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत ल्याएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप