मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला युरो : इङ्ल्यान्डलाई पहिलो पटक उपाधि जित्ने मौका

आइतबार, १५ साउन २०७९, १२ : ३४
आइतबार, १५ साउन २०७९

इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता इङ्ल्यान्ड पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ । प्रतियोगितामा पहिलो उपाधि जित्दै इतिहास रच्ने मौका इङ्ल्यान्डलाई छ ।

सेमिफाइनल खेलमा स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । इङ्ल्यान्ड स्वीडेनलाई ४–० गोल अन्तरले हराएको हो । यता जर्मनी भने सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । दुई पटक फाइनलमा पुगेर इङ्ल्यान्डले उपाधि जित्न सकेको थिएन ।

यता जर्मनी भने आठ पटक फाइनलमा पुगेर आठै पटक उपाधि जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप