सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुगुमा ट्याक्टर दुर्घटना : १ को मृत्यु, ५ घाइते

आइतबार, १५ साउन २०७९, १२ : २१
आइतबार, १५ साउन २०७९

मुगुको छारानाथ रारा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका– १३ रुघाका बर्ष ३५ को लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ८ः५० बजेतिर कर्णाली नदीबाट बालुवा लोड गरी बाम तर्फ जादै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

 ७ जना सवार ट्याक्टर सडकबाट ५०÷६० मिटर तल खसेको उनले बताए । घाइतेहरको जिल्ला अस्पताल ठिनी मुगुमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप