शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडको टिममा फर्किए रोनाल्डो

आइतबार, १५ साउन २०७९, १० : २५
आइतबार, १५ साउन २०७९

पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।

युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए ।

रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्राफोर्ड आज (आइताबार) राति ८:४५ बाट हुने खेलमा देखिने युनाइटेडले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप