मानन्धर युवा समूहले मनायो रजत जयन्ती
मानन्धर युवा समूहको “रजत जयन्ती समारोह” सम्पन्न भएको छ । “आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौँ” भन्ने मूल नारा दिएर स्थापना गरेको थिमि चोडे टोलस्थित मानन्धर युवा समूहले कार्यक्रममा लोपोन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।
समूहको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजित समारोहमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने क्षेत्रमा मानन्धर समुदायको अग्रणी भूमिका रहेको बताए । उनले लोप हुनै लागेको मौलिक सम्पदा र संस्कृति जगेर्ना गर्ने अभियानमा स्थानिय सरकारको साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।
समारोहका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजयकृष्ण श्रेष्ठले एउटै तालमा नौ बाजाको प्रस्तुतिले धैरै खुशी अनि आनन्दित तुल्याएको बताए । साथै उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्ने क्षेत्रमा केन्द्रीत गरेर योजना ल्याएको बताए ।
समारोहमा मध्यपुर थिमि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपुर इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष गंगाराम मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुच्छेरत्न मानन्धर, नेपाल ज्ञान माला समिति, भक्तपुर क्षेत्रीय उपसमितिका संयोजक पुण्यरत्न शाक्यले शुभकामना मन्तव्य व्यक्त गरे ।
समारोहमा जिल्ला मानन्धर युवा संघका अध्यक्ष बाबुकाजी मानन्धर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन