शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

आइतबार, १५ साउन २०७९, ०८ : ०७
आइतबार, १५ साउन २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  दिउँसो ३ बजे बैठक बस्नेछ ।

आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । 

बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी छ । 

यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप