बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु

आइतबार, १५ साउन २०७९, ०७ : ५९
आइतबार, १५ साउन २०७९

यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।

सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । डिएलआरएस र इडिएलभिआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमति नवीकरण गर्न सकिने उनले बताए । उनका अनुसार सक्कल सवारी चालक अनुमतिपत्रसहित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ । 

सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची १८ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र हराएको खण्डमा सम्बन्धित कार्यालयबाट नै प्रतिलिपि लिनुपर्ने जनाइएको छ । सेवाग्राहीको अनुपस्थितिमा वा विदेशमा भएको अवस्थामा अनुमतिपत्र नवीकरण हुनेछैन । सेवाग्राहीको औँठाछाप नमिलेको खण्डमा लाइसेन्स नवीकरण नहुने जनाइएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्समा रुपान्तरण भइसकेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाटै सवारी साधन दर्तासमेत सुरु गरिसकेको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । कार्यालयले स्थापनाकालदेखि नै बिल बुक नवीकरणको काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप