सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू-२० च्याम्पियनसिप : आज नेपालले भारतको सामना गर्ने

आइतबार, १५ साउन २०७९, ०६ : १०
आइतबार, १५ साउन २०७९

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ  । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  

नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप