शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

आइतबार, १५ साउन २०७९, ०६ : ०५
आइतबार, १५ साउन २०७९

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् ।

अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो । आव २०७८/७९ मा उजुरी बापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७/७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो । अघिल्लो आर्थिक  वर्षको  तुलनामा  आव  २०७८/७९  मा  उजुरीको सङ्ख्या धेरै भए पनि दाबी रकम भने कम रहेको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप