आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राहदानी बनाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

शनिबार, १४ साउन २०७९, २१ : १०
शनिबार, १४ साउन २०७९

राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चावहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चावहिल बस्ने २८ वर्षका श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु २ घर भई चावहिल बस्दै आएका वर्ष २२ का राम पौडेल र गोकर्णेश्वर २ सुन्दरीजल घर भई चावहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ का विवेक गुरुङ रहेका छन् । 

उनीहरूले विभागमा आएका सेवाग्राहीलाई तत्कालै राहदानी बनाइ दिने भनी विश्वासमा पारेर नगद रकम लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरूले विभिन्न किर्ते कागजात बनाई अनलाइन फारम भरिदिने गरेको पनि प्रहरी अनुसन्धानबाट देखाएको छ ।

प्रहरीले उनीहरूले अनलाइन फारम भर्ने प्रयोग गरेका विभिन्न उपकरणहरूसमेत नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप