आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

जनभावनाअनुरुप काम गर्नुपर्छ : उपसभापति खड्का

शनिबार, १४ साउन २०७९, २० : १७
शनिबार, १४ साउन २०७९

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरूप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा काँग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारिता र जिम्मेवारीताका साथ क्रियाशील बन्न उनले आग्रह गर्नुभयो ।

राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उनले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए । काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए ।

काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले काँग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठुलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याए । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए । कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देललगायतले आसन्न निर्वाचनमा काँग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप