बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको बझाङ–काठमाडौँ सम्पर्क समाज गठन

शनिबार, १४ साउन २०७९, १६ : २२
शनिबार, १४ साउन २०७९

राप्रपा नेपालको बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन भएको छ । बझाङबाट काठमाडौँ आइ विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपा नेपाल समर्थितहरूको आज सम्पन्न भेलाले भुवन कुँवरको अध्यक्षतामा १५ सदस्यीय बझाङ–काठमाडौँ सम्पर्क समाजको गठन गरेको हो । 

जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित कार्यक्रममा गठित बझाङ–काठमाडौँ सम्पर्क समाजको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा धिरज दौल्याल र प्रशान्त सिंह, सचिवमा प्रभु सिंह, कोषाध्यक्षमा सुनिल भण्डारी तथा सदस्यहरूमा विजय दौल्याल, जितेन्द्र सिंह, शमशेर दौल्याल, रोशन थापा,अमृत बोहरा, गजेन्द्र सिंह, प्रिन्स सिंह, केशव बजगाईँ, केशव सिंह र वीरेन्द्र कुँवर रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष दिल विकास राज भण्डारीले सम्वर्द्धनवादको धरातलको जगमा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने महान् उद्देश्यका साथ अघि बढेको राप्रपा नेपालको गतिलाई अब कसैले रोकेर रोक्न नसक्ने ठोकुवा गरे । दिनदिनै राप्रपा नेपालप्रति आकर्षण बढेर पार्टी प्रवेश गर्नेहरूको लहरले पार्टीको गतिलाई अझ तीव्र बनाएको भन्दै आउँदो सङ्घीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी मात्र होइन देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउन जनलहर सुरु भइसकेको राज भण्डारीले बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका नेता श्याम तिमल्सिना, महामन्त्री राजाराम बर्तौला, सह महामन्त्री दमन बस्नेत लगायतका नेताहरूले वडा तहसम्म संगठन विस्तार गरेर पार्टीलाई मुलुकको जिम्मेवार राष्ट्रवादी शक्ति बनाउन सबै तहका नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

पार्टीका सहायक महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका संयोजक हिक्मतजंग भण्डारीले उपत्यका बाहिरका ७४ वटै जिल्लासँग सम्बन्धित सम्पर्क समाजको चाँडै गठन गरिने जानकारी दिँदै यसको लागि समन्वयमा सहयोग गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यलगायत जिल्ला अध्यक्षहरूसँग आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप