बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

शनिबार, १४ साउन २०७९, १५ : ४१
शनिबार, १४ साउन २०७९

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप