शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत
शनिबार, १४ साउन २०७९, १४ : ४३
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ र उनको मन्त्रिपरिषदलाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् । पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।
प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भएपनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन गरे, जुन कानुनको प्रष्ट उल्लङ्घन भएको निवेदनमा दाबी गरिएको छ । प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त