तनहुँमा थपिए पाँच सय ७९ उद्योग
तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८÷७९ को अवधिमा पाँच सय ७९ उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलु तर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।
कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको कार्यालय ढकालले बताए । “ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्,” उनले भने, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेती तर्फ आकर्षण बढ्दो छ ।
तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख ५४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख तीन हजार चार सय राजश्व सङ्कलन भएको छ ।
सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी÷नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष ०७८/७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएको थियो । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।
रु १ लाखसम्म पुँजी भएको उद्योगले रु १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु ३ हजार १ सय, रु ५ लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १ सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १ सय, रु १ करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १ सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १ सय र रु ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार १ सय १० दर्ता बापत शुल्क बुझाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय