बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

गँगटादेखि अक्टोपससम्ममा बाहिरियो १ अर्ब

शनिबार, १४ साउन २०७९, १३ : ३३
शनिबार, १४ साउन २०७९

एक वर्षको अवधिमा नेपालबाट ‘सी फूड’ आयातमै १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार ‘समुन्द्री खान्की’मा अर्बौ रुपैयाँ बाहिरिएको हो ।

आयात हुनेमा प्रसान्त महासागरमा मात्रै पाइने सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका छन् । यस्तै, आयात हुनेमा एन्चोभिस प्रजातिका माछादेखि माक्केरेल प्रजातिका माछासम्म रहेको विभागले जनाएको छ ।

यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्याप प्रजातिका माछा, ऐल्स, विभिन्न प्रजातिका माछाका अण्डा, एटलान्टिम सलमान माछा र टुना माछा यसका फ्रोजन मासु लगायतका छन् । यस्तै, नेपालीले विदेशबाट किनेर खाने गरेको पाइएको छ । यसका साथै क्याटफिस, यसका विभिन्न प्रकारका फ्रोजन मासु, प्राउन लगायतका सी फूड समेत नेपालमा आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप