साफ यू–१७ : नेपालको समूहमा भारत र भुटान
शनिबार, १४ साउन २०७९, १३ : ३०
साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको हो ।
विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेको छ । श्रीलङ्कामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । नेपालले यू–१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु