गजल
शनिबार, १४ साउन २०७९, १३ : २८
गजल जस्तै लाग्यो भने गजल सम्झिनु
हैन जस्तै लाग्यो भने कमसल सम्झिनु
तिमीले शृङ्गार गर्ने पर्दैन उति लजाउँदै
निधारमा जुन घुम्टोमा बादल सम्झिनु
पुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने
रुख अँगालेर पातलाई आँचल सम्झिनु
भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला
पसिना पिउन पाएकोमा सफल सम्झिनु
मेरो नेता महान् हो जसले भन्दैछ अझै
उसलाई महामूर्ख सम्झिनु पागल सम्झिनु
खोटाङ, नेपाल
हाल : टोकियो, जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति ?
-
प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
-
भरतपुर अस्पतालमा ‘निलो रूख’
-
अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
-
यसरी हुँदैछ अमेरिकी राष्ट्रपतिको चुनाव, तस्बिरहरू हेर्नुहोस्
-
ट्रम्पले फ्लोरिडाबाट गरे मतदान