नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा
शनिबार, १४ साउन २०७९, १३ : २२

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?