मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी

शनिबार, १४ साउन २०७९, १२ : ३०
शनिबार, १४ साउन २०७९

कतार विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औँ संस्करण नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रमा हुन लागेको यो दोस्रो विश्वकप हो । 

यसअघि जापानमा विश्वकप फुटबल आयोजना भएको थियो । एसियाली क्षेत्रमा हुन लागेको विश्वकपलाई नेपाल लगायत एसियाली क्षेत्रका व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन् । फिफा विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा विश्वकपमा धेरै कीर्तिमानहरू बनेका छन् । कतिपय कीर्तिमानहरू खेलाडीले बनाएका छन् भने कतिपय कीर्तिमानहरू देशहरूले पनि बनाएका छन् । 

यस्तै कीर्तिमानमध्ये विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी को कीर्तिमान पनि हो । सन् १९३० देखि सुरु भएको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोज हुन् । क्लोजले आफ्नो करियरमा ४ विश्वकप खेल्दै उक्त कीर्तिमान बनाएका हुन् ।

मिरोस्लाभ क्लोज (जर्मनी)

जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजले सन् २००२ देखि २०१४ सम्म विश्वकप खेले । सर्वाधिक चार विश्वकप खेलेका क्लोजले विश्वकपमा १६ गोल गर्दै कीर्तिमान बनाएका छन् । यो कीर्तिमान बनाउन क्लोजले पेले, रोनाल्डो जस्ता लिजेण्ड खेलाडीलाई पछि पारेका छन् ।

जर्मनीले सन् २०१४ को ब्राजिल विश्वकप जित्दा उनी महत्त्वपूर्ण खेलाडी थिए । क्लोजले ब्राजिल विश्वकप आयोजक ब्राजिलविरुद्ध एक गोल गर्दै १६ गोलको कीर्तिमान राखेका थिए । यसअघि यो कीर्तिमान ब्राजिलका लेजेण्ड रोनाल्डोको नाममा रहेको थियो । सन् २००२ देखि २००६, २०१० र २०१४ को विश्वकप खेलेका क्लोजले विश्वकपमा २४ खेल खेलेका थिए । ब्राजिल विश्वकपपछि उनले सन्यास लिएका थिए ।

रोनाल्डो (ब्राजिल)

ब्राजिलियन स्टार खेलाडी रोनाल्डो फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । उनले सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकप खेलेका थिए । रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् । जर्मनीका क्लोजले १६ गोल गर्नुअघि रोनाल्डोकै नाममा कीर्तिमान रहेको थियो । रोनाल्डोले १९ खेल खेल्दै यो कीर्तिमान आफ्नो नाममा बनाएका थिए । 

रोनाल्डोले सन् २००६ को विश्वकप खेल्दै सर्वाधिक चार विश्वकपमा खेल्ने खेलाडीको कीर्तिमानमा आफ्नो नाम पनि स्थापित गरेका थिए । 

गर्ड मुलर (जर्मनी)

जर्मनीका पूर्व लेजेण्ड गर्ड मुलरले सन् १९७० र १९७४ को विश्वकप खेलेका थिए । वेस्ट जर्मनीबाट विश्वकप खेलेका उनले दुई विश्वकपमा नै १४ गोल गर्न सफल भए । उनी दुई विश्वकपमा १४ गोल गर्ने हालसम्म एक्लो खेलाडी हुन् । उनी बाहेक कुनै पनि खेलाडीले दुई विश्वकपमा १४ गोल गर्न सकेका छैनन् ।  

मुलरले विश्वकप फुटबलमा १४ गोल गरेका छन् । सन् १९७० मा मेक्सिकोमा सम्पन्न भएको विश्वकप मै १० गोल गरेका मुलर सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा आउँछन् । सन् १९७४ को विश्वकपमा ४ गोल गर्दै मुलरले १४ गोलको कीर्तिमान राखेका थिए । तर, उक्त कीर्तिमान रोनाल्डोले तोडेका थिए । मुलरले जम्मा १३ विश्वकप खेल खेल्दै यो कीर्तिमान बनाएका हुन् । 

जष्ट फन्टेइन (फ्रान्स)

फ्रान्सका पूर्व फुटबल खेलाडी जष्ट फन्टेइन विश्वकपमा सर्वाधिक गोल गर्ने चौथो खेलाडी हुन् । विश्वकप फुटबलको एकै खेलमा सर्वाधिक १३ गोल गर्ने खेलाडीको कीर्तिमान हालसम्म उनकै नाम छ । 

सन् १९५८ को विश्वकप स्वीडेनमा भएको थियो । ब्राजिलले जितेको उक्त विश्वकपमा फेन्टेइनले १३ गोल गरेका थिए ।

फन्टेइनले सन् १९५८ को विश्वकपमा १३ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले उक्त विश्वकपमा ६ खेल खेलेका थिए । ६ खेलमा सर्वाधिक १३ गोलको कीर्तिमान पनि उनकै नाममा छ । 

पेले (ब्राजिल) 

फुटबलको पिता भनेर चिनिने पेलेले विश्वकपमा १२ गोल गरेका छन् । विश्व फुटबलका लेजेण्ड पेले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ नम्बर छन् ।

ब्राजिललाई ३ पटक विश्वकपको उपाधि दिलाउने पेले अहिले विश्वकपमा सर्वाधिक चर्चामा आएका खेलाडी हुन् । 

पेलेले चार विश्वकपमा १२ गोल गरेका थिए । ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप जित्दा पेले मुख्य खेलाडी थिए ।

पेलेले सन् १९५८, १९६२, १९६६ र १९७० को विश्वकप खेलेका थिए । सर्वाधिक चार विश्वकप खेल्ने ब्राजिलियन खेलाडीको सूचिमा पेले पनि नाम छ । 

पेलेको कीर्तिमानसँग ब्राजिलियन खेलाडी रोनाल्डोले बराबरी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप