फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । उनले स्थानीय तहले नै अब फोहरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरूमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताए । उनले सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए ।
मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँ भित्रको गिरोहले । यो समस्या स्थानीय तहले फोहोर मैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौँ ।
हामी मठमन्दिरहरूमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान शुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरूलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाई र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ।’
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको
बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभूति नै भएको छैन । सबैजना सिंहदरबारमा मात्रै जान खोज्नुहुन्छ । सिंहदरबारमा नै बजेट माग्न जानुपर्छ भन्ने सोच छ । बजेट फ्रिज भएर बसेको छ, त्यसमा माग्न जानुपर्छ । प्रदेश सरकार दिन तत्पर छ, विकासको लागि बजेट । स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएको छ । जसले धेरै कराउन र माग्न आउँछ त्यसैलाई सरकारले बजेट दिन्छ ।’
कार्यक्रममा बोल्दै वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए । मन्त्री जमरकट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे । मन्त्री जमरकट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्नु नहुने बताए । उनले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’