बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई

१२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् ।
विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -'२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।'
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको हो । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म नेपालमा बाघको गणना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई