बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता

शनिबार, १४ साउन २०७९, १० : १६
शनिबार, १४ साउन २०७९

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले नेपाल बैङ्क डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैङ्कले जनाएको छ । 

त्यसैगरी रेमिट्न्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरूले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्रदान गरेको छ । नेपालभरका सम्पूर्ण शाखाहरूमार्फत यो मुद्दती खाता खोल्न सकिने बैङ्कले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप