शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

शनिबार, १४ साउन २०७९, ०८ : १७
शनिबार, १४ साउन २०७९

जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई  घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । 

गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् -'गडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।' 

गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन  गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्टाको समय छुट्याएर घरबाट हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । 

टावरको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको स्थानीयले  बताए। यता १ नम्बर वडा अध्यक्ष अर्जुनकुमार महताराले स्थानीयलाई सञ्चारको पहुँचमा पुर्‍याउन पहलकदमी भइरहेको बताए । वडा बाट टावरको क्षमता अभिवृद्धि गरिदिन भन्दै नेपाल टेलिकम शाखा जुम्लालाई सिफारिस पत्र पठाइ सकेको बताए । नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले स्थानीयको माग पूरा गर्न लागि पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप