जुनियर फुटबल एकेडेमीद्वारा फिजियोथेरापी वर्कशपको आयोजना
जुनियर फुटबल एकेडेमीले कार्डियोपल्मुनरी फिजियोथेरापी वर्कशपको आयोजना गरेको छ। शुक्रबार बुद्धनगरस्थित काभ्य स्कुलमा सो कार्यक्रमको आयोजना भएको हो।
वर्कशपमा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिस गुरुङ र एमपीटी एमएसके तथा स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्वल डोटेलले खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरेका थिए। उनीहरुले चोट न्यूनीकरणको लागि प्रशिक्षक तथा खेलाडीहरूले अपनाउनुपर्ने विधिहरु, सावधानी अपनाउँदा पनि हुने दुर्घटनामा के गर्ने ?, बारम्बार चोट लागेको अवस्थामा के गर्ने ? जस्ता कुराहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले प्रस्तुत गरेका थिए।
वर्कशपमा फुटबल प्रशिक्षकहरु, व्यवसायिक खेलाडीहरु, स्काउटका सदस्य तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा काभ्य स्कुलका डाइरेक्टर समेत रहेका जेएफएका अध्यक्ष रिजन खड्काले डा. गुरुङ तथा डा. डोटेललाई मायाको चिनो प्रदान गरेका थिए भने सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने