मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

शनिबार, १४ साउन २०७९, ०७ : १५
शनिबार, १४ साउन २०७९

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । 

लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए । जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंक विहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ ।

यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले र दोस्रो खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई, हिमान्सु जान्ग्रा र गुरकिरत सिंहले समान एक गोल गरे । जितसँगै दुई खेलबाट तीन अंक जोडेको भारत तेस्रो स्थानमा छ । यसअघि भारत पहिलो खेलमा बंगलादेशसँग २(१ अन्तरले  पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप