शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

शनिबार, १४ साउन २०७९, ०५ : ५६
शनिबार, १४ साउन २०७९

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । 
सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् । 

आयोग स्रोतका अनुसार आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने भएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप