प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु
प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्नेगरी सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सम्मेलनमा देशका ६ ठूला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ । सम्मेलनमा पोखरालगायत काठमाण्डौ, ललितपुर, भरतपुर, विरगंज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ । सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एवं क्षेत्रीय योजनाकार डा.जगदीश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा मुख्य प्रस्तुती राखेका छन् । यस्तै महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरू सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नेछन् । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरु बारे आफ्नो अनुभव राख्नेछन् । सम्मेलनको पहिलो दिन नै महानगरपालिकाका साझा सवालहरूबारे संश्लेषणको कार्यक्रम पनि छ ।
सम्मेलनको दोस्रो दिन शनिबार भने पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यद्वारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्वारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलन पोखरा घोषणा पत्र जारीसँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार