लुम्बिनी प्रदेश : विषयगत समितिका सभापतिहरूले लिए शपथ
लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णु प्रसाद पन्थी निर्वाचित भएका छन् । यसैगरी अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण