शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीद्वारा ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच

शुक्रबार, १३ साउन २०७९, २० : ३२
शुक्रबार, १३ साउन २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच थालेको छ । यसअघि मोटरसाइकल र ट्याक्सीहरूमा चेकजाँच भएकामा अन्य सवारीसाधनमा पनि चेकजाँच सुरु भएको हो । 

चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित चेकजाँच थालिएकामा बुधबार राति काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकमा चेकजाँच गरेको हो । 

 चेकजाँचको लागि आवश्यक प्रविधिक टोली र किट जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको थियो । अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप