रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो
नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् ।
धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपालभन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शाहीले बताए । उनले आफ्नो गाउँमा भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकाले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए ।
पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बि.क. जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए । तर भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको उनले बताए । पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् ।
सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमिकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । नेपालमा काम गरेअनुरुपको पारिश्रमीक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ । अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमीक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने