शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९० लाख मुल्यको सामान वरामद

शुक्रबार, १३ साउन २०७९, १९ : ०६
शुक्रबार, १३ साउन २०७९

पर्साको  वीरगञ्जबाट  ९० लाख बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । 

बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर ट्रक र मालसमानको रु ९० लाख ७५ हजार ४१६ बराबरको मुल्याङ्कन गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप