चन्द्रागिरि केबलकार : ‘अस्ट्रेलियाको नम्बर वान कम्पनीको प्रविधि प्रयोग गरेका छौं, चिन्ता छैन’
चन्द्रागिरि केबलकारमा कुनै समस्या नरहेको कम्पनीले दाबी गरेको छ । केबलकार सञ्चालक चन्द्रागिरि हिल्स प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा तथा जोखिमको निकै सजगता अपनाएको भन्दै चिन्ता लिनु नपर्ने बताएको हो ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा अस्ट्रेलियाको डुपलमेयर नामक उच्च स्तरिय प्रविधि तथा मेसिन प्रयोग गरिएकाले उत्कृष्ट रहेको बताए । यद्यपि, कुनै समय आपतकालिन अवस्थामा केबलकारको गोण्डुला रोकिए तत्काल इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने उनले बताए ।
‘सुरक्षाको मामलामा कम्पनीले कुनैपनि सम्झौता गर्दैन । यात्रुहरूको वा केबलकार प्रयोगकर्ताहरूको सुरक्षामा हामी निकै सजक र सचेत छौं’ अध्यक्ष ढकालले भने, ‘अस्ट्रेलियाको नम्बर वान कम्पनीको प्रविधि प्रयोग गरेका छौं, चिन्ता छैन । यो आफैमा सुरक्षाको ग्यारेन्टी जस्तै हो ।’
सोही अवसरमा अध्यक्ष ढकालले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र कुनै समयमा प्राविधि समस्याका बाबजुद त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत तत्काल उद्वार गरिने बताए । यस्तो उद्वार वीथ ईन, २५–३५ मिनेट भित्र गरिसकिने इन्जिनियर सरोज चापागाईँले बताए । यात्राकै क्रममा गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र टप स्टेसनमै रोकिएका र तल झर्न असम्भव भएको अवस्थामा कम्पनीकै रिसोर्टमा खाने बस्नेको प्रवन्ध गरिने अध्यक्ष ढकालले बताए ।
केही समयअघि नियमित केबलकारको गोण्डुला रोकिएपछि बजारमा चर्चासँगै यात्रुहरूमा त्रास फैलिएको थियो । लगत्तै कम्पनीले सोही त्रास र हल्लालाई चिर्न पत्रकार सम्मेलनको आयोजना गरेको हो । साथै, पछिल्लो पटक कम्पनीले केबलकार सञ्चालनको समय समेत थप गरेको जानकारी दिएको छ । यसअघिको समय सीमा बढाउँदै कम्पनीले साउन १ गतेदेखि दैनिक बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म केबलकार सञ्चालनमा ल्याएको जनाएको छ । बेलुका अफिस सकेर चन्द्रागिरि उक्लिन चाहनेहरुका लागि पनि सहज होस् भन्ने उद्देश्यले केबलकार सञ्चालनको बेलुकीको समय थप गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार