तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् ।
सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दै भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए ।
अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए । गठबन्धनबाटै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको जिकिर गरे । उनले माओवादी समर्थित पत्रकारहरुको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गरे । उनले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण