सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

त्रिविका विकृति समाधान गर्न क्रान्तिकारीको १८ बुँदे माग, स्ववियु निर्वाचन गर्नुपर्ने

शुक्रबार, १३ साउन २०७९, १७ : २५
शुक्रबार, १३ साउन २०७९

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरु समाधान गर्न  १८  बुँदे माग गरेको छ ।  बिहीबार अध्यक्ष पञ्चा सिंहले १८ बुँदे मागपत्र सार्वजनिक गर्दै  त्रिविका समास्या समाधान गर्न माग गरेकी हुन् । 

क्रान्तिकारीले त्रिविमा स्ववियु निर्वाचन गर्न माग गरेकाे छ । यस्तै प्राध्यापकहरूलाई खुल्ला प्रतिस्पर्धाबाट परिपूर्ति गर्नुपर्ने,  प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी ब्यवस्था गर्न माग गरिएको छ । मागमा त्रिविलाई शैक्षिक ठेकेदारहरूबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भविष्यमा खेलबाड भइरहेको उल्लेख गरिएको छ ।

‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरूको तालाबन्दी, विभिन्न विभागहरूमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका संचालकहरुबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ’, पत्रमा भनिएको छ । क्रान्तिकारीले विद्यार्थीहरूलाई सर्वसुलभ, विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न माग गरेको छ ।  आफ्ना मागहरु तत्काल पूरा नभए संगठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप