शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भेटियो यस्तो अचम्मको जीव, वैज्ञानिकसमेत चकित

शुक्रबार, १३ साउन २०७९, १७ : ०५
शुक्रबार, १३ साउन २०७९

प्रशान्त महासागरमा वैज्ञानिकले एउटा यस्तो विचित्र जीव भेटेका छन् जुन आजसम्म देखिएको थिएन । यो दुर्लभ जीवको शरीर करिब ९ फिटको छ । जसको एकातिरको पुच्छर लामो छ अर्कोतर्फ धेरै सुँड अर्थात् टेन्टेकल्सको झुण्ड छ । यो कुनै समुद्री जीवको नयाँ प्रजाति त होइन भनेर वैज्ञानिक अचम्मित छन् ।

यो चकित तुल्याउने जीवलाई .....E/V Nautilus नामको रिमोटबाट चल्ने समुद्री यानले भेटेको थियो । उनीहरुले उक्त जीवको भिडियो पनि बनायो । यो समुद्री यानलाई गहिरो समुद्रमा अनुसन्धान गर्ने गैर–सरकारी संस्था ओशन एक्सप्लोरेशन ट्रस्टले चलाउँछ । समुद्री यानको स्क्रिनमा यो जीव देखिने बित्तिकै वैज्ञानिक हैरान भए । उनीहरुले यानलाई यो जीवको निकै नजिक लगे । त्यसपछि क्यामरालाई जुम गरेर यसको अङ्गको फोटो पनि खिचे । भिडियो पनि बनाए ।

यो जीवको लम्बाई करिब ९ फिट छ । जबकी यसको सुँड करिब १६ इन्च लामो थियो । सुँड यसरी निस्किएको थियो कि जस्तै कि ती कुनै नरम गोलाकार हिस्साको माथिबाट काटिएको होस् । उनीहरु यही सुँडबाट तैरिन्थे । खाइरहेका थिए । चारैतिर यसलाई हल्लाएर शिकार खोजिरहेका थिए । यो जीवलाई यसै महिना (जुलाई) को ७ तारिखमा भेटिएको थियो । जहाँ यो जीव भेटिएको छ, त्यो स्थान हवाई द्वीपको पश्चिमस्थित जोन्सट्न एटल नजिकै छ ।

वैज्ञानिकलाई सुरुमा लाग्यो कि यो सोलमबेलुला मोनोसिफेलस हो । यसलाई सोलमबेलुला समुद्री पेन पनि भनिन्छ । यसै फाइलममा जेलिफिस, हाइड्रा र कोरल पनि पर्छन् । यसअघि समुद्री पेनलाई अटलान्टिक र हिन्द महासागरमा देखिएको छ । यो परियोजनाका प्रमुख खोजकर्ता स्टिभ अस्काभिचले यो खोज अचम्मको बताएका छन् ।

स्टिव असकाविचले भने, ‘हामीलाई सुरुमा लाग्यो कि यो समुद्री पेन हो । तर हामी पूर्ण रुपमा निश्चित भने छैनौँ । हामीले एउटा जीव देखेका थियौँ तर त्यसलाई क्याप्चर भने गर्न पाएनौँ । यो जीव हाम्रो समुद्री यानभन्दा पनि ठूलो थियो । हाल त हामी यसलाई समुद्री पेन नै मानिरहेका छौँ । यसको आकारले लाग्छ कि यो निकै प्राचीन जीव हो, जो यति गहिराईमा बस्छन् । यद्यपि, यसको सही उमेरबारे अन्दाज लगाउन मुश्किल छ । साधारणतया समुद्री पेन ६ देखि ६ वर्षको उमेरसम्म वयस्क हुने गर्छ । बढीमा यो एक दशकसम्म जिउँदो रहन सक्छ, यदि यसको शिकार भएन भने ।’

स्टिवले बताए अनुसार सोलमबेलुला मोनोसिफेलसलाई यसअघि प्रशान्त महासागरको मध्य इलाकामा देखिएको थिएन । केही महिना अघि मात्रै स्पोनका वैज्ञानिकले समुद्री पेनका दुई प्रजातिको खोजी गरेका थिए । स्यूडमबेलुला र सोलमबेलुला । यो नयाँ जीव सोलमबेलुला मोनोसिफेलस प्रजातिको हो कि या यो अरु कुनै जीव हो भन्नेबारे निश्चित गर्न बाँकी नै छ । यसका लागि अनुसन्धान गरिँदै छ । यो कुनै नयाँ प्रजाति पनि हुन सक्ला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप