शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनार्दन शर्मामाथि छानबिन गर्दा भेटियो सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि

शुक्रबार, १३ साउन २०७९, १७ : ०४
शुक्रबार, १३ साउन २०७९

बजेट निर्माणका क्रममा अनियमितता भएको गुनासोका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि पाइएको उल्लेख गरेको छ ।

सिंहदरबारमा कुन दिन के प्रयोजनका लागि कुन व्यक्ति प्रवेश ग¥यो र कहाँ कहाँ पुग्यो भन्नेबारे यकिन अभिलेख नभएको सो समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने पद्धतिमा कमी औंल्याएको छ ।

समितिको प्रतिवेदनमा भनिएको छ, ‘यसले सिंहदरबार भित्रको समग्र सुरक्षा प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ ।’ एउटा निकायबाट जारी भएको पास वा अस्थायी परिचयपत्रले सिंहदरबारभित्रका सबै निकायमा निर्वाध आवतजावत गर्न सक्ने अवस्था रहेको तर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ । सीसीटीभी व्यवस्थापन समेत सिंहदरबार मल गेटदेखि प्रायः सबै निकायमा कमजोर अवस्थामा रहेको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप