आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुलोमा डुबेर युवकको मृत्यु

शुक्रबार, १३ साउन २०७९, १६ : १६
शुक्रबार, १३ साउन २०७९

कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । शुक्रबार तुलसीपुर नगरपालिका २ का २६ वर्षीय नरेश चौधरीको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालयका अनुसार छारे रोगका बिरामी चौधरी खेतमा पानी लगाउने क्रममा लडेर कुलोमा परेका थिए ।  कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप