बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने

शुक्रबार, १३ साउन २०७९, १६ : ०५
शुक्रबार, १३ साउन २०७९

‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगिताका लागि जुनसुकै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको पहिलो अडिसन यहि साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी विभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइएको आयोजक युहानका निर्देशक सानु खानले बताए । ‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस  नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजिएको हो’ खानले थपे ।

प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा विभिन्न अवसर समेत प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप