सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी युवराज सलमानको फ्रान्समा भव्य स्वागतमा किन उठे प्रश्न ?

शुक्रबार, १३ साउन २०७९, १५ : ४९
शुक्रबार, १३ साउन २०७९

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको फ्रान्स भ्रमणमा त्यहाँको दक्षिणपन्थी गुट रुष्ट छन् । साउदी पत्रकार जमाल खग्गोसीको हत्यापछि युवराज मोहम्मद बिन सलमान पश्चिमी देशसँग पुनः सम्बन्ध बहाल गर्ने प्रयास गरिरहेका छन् ।

पश्चिमी देशले जमाल खग्गोसीको हत्यामा साउदी सरकारको हात भएको आरोप लगाउँछन् । यता युवराजले भने सधैँ खग्गोसीको हत्याका लागि कुनै आदेश दिएको कुरा ठाडो अस्वीकार गरिसकेका छन् ।

फ्रान्समा ऊर्जाको बढ्दो मूल्य र अन्य थुप्रै समस्याबीच बिहिबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युवराजसँग रात्रीभोज गरे ।

खग्गोसीकी प्रेमिका हेटिस चंगेजले आफू युवराज मोहम्मद बिन सलमानको यात्रासँग निकै रिसाएका छन् । उनले राष्ट्रपति म्याक्रोंमाथि उनका प्रेमीको हत्यारालाई सम्मानका साथ स्वागत गरेको आरोप लगाएकी छिन् ।

मोहम्मद बिन सलमान पेरिसको दक्षिणमा ओर्ली हवाई विमानस्थलमा उत्रिए र पेरिसको पश्चिमस्थित एक पुरानो शाही महलमा बसे ।

जमाल खग्गोसीका कजिन एमाद खग्गोसीले यो महलले १७ औँ शताब्दिमा फ्रान्सका सम्राट लुई १४ औँ क्रुर कार्यकालको स्मरण गराउने बताएका छन् ।

बिहिबार युवराज र राष्ट्रपतिको बैठक अघि ती समूहले खग्गोसीको प्रताडना र हत्यामा समावेश भएको भन्दै युवराजविरुद्ध आपराधिक उजुरी दर्ता गरे ।

उजुरी दर्ता गर्नेमध्ये डेमोक्रेस फर द अरब वर्ल्ड नाउ पनि समावेश छ । यी संस्थाका अनुसार युवराज मोहम्मद बिन सलमानसँग मुद्दाबाट बच्नका लागि कुनै शक्ति छैन किनभने उनी कतैका पनि राष्ट्राध्यक्ष होइनन् ।

यी संस्थाका अनुसार फ्रान्स नै एउटा यस्तो स्थान हो जहाँ न्याय सम्भव छ ।

ह्युमन राइट्स वाचकी बेनेडिक्ट ज्यांरोदका अनुसार मानवाधिकारमाथि बलियो र स्थायी प्रतिबद्धता हासिल नगरिकन यदि म्याक्रोंले युवराजसँग दोस्ती अघि बढाउँछन् भने यो उनको छवि धुमिल्याउने जस्तो हुनेछ ।

छलफल अघि फ्रान्सका राष्ट्रपतिका एक सल्लाहकारले वार्तामा मानवाधिकारको कुरालाई साधारण तरिकाले उठाइने बताएका थिए । सल्लाहकारले समस्याको हलका लागि फ्रान्सले आफ्ना सबै सहयोगीसँग कुराकानी गर्नुपर्ने बताएका थिए ।

फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले फ्रान्सेली जनता रुससँग तनावका बीच उनका राष्ट्रपतिले विश्वको सबैभन्दा प्रमुख तेल उत्पादकसँग कुरा नगरुन् भन्ने नचाहेको बताएकी छिन् ।

उनका अनुसार रुसले ग्यासको आपूर्ति रोकेको र भविष्यमा पुनः रोक्न सक्नेछ ।

रुसमाथि युक्रेनको आक्रमणले विश्वमा ऊर्जाको मूल्यमा भारी वृद्धि गरेको छ । राष्ट्रपति म्याक्रोंले पनि साउदी अरबबाट तेलको उत्पादन बढाउने आग्रह गरेको छ ।

विश्वमा तेल उत्पादकको समूह – ओपेक + हो । यो गुटमा रुस पनि समावेश छ । अर्को हप्ता यो गुटको बैठक हुँदैछ । यो समूहमाथि विश्वको ऊर्जा संकट कम गर्ने दबाब छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यसै महिना युवराज सलमानसँग न्यायो भेटमा देखिएका थिए । यो सम्बन्धलाई ट्र्याकमा फर्काउन प्रयास थियो जस्तो देखिन्छ ।

राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खग्गोसीको मृत्युमा आफ्नो संलग्नतालाई सधैँ अस्वीकार गर्दै आएका छन् । साउदी अभियोजकहरूले खग्गोसीको हत्या साउदी अरबका विद्रोही एजेन्टहरूले गरेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्र संघको अनुसन्धानले हत्याको लागि साउदी अरेबियालाई जिम्मेवार ठहराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप