आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा असई पक्राउ

शुक्रबार, १३ साउन २०७९, १५ : ३८
शुक्रबार, १३ साउन २०७९

प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई)लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।

असई चौलागाईंलाई जिल्लामा झिकाएर थुनामा राखिएको एसपी अधिकारीले बताए । उनले भने–‘पीडित पक्षलाई जाहेरी ल्याउन भनेका छौं, जाहेरी नआए विभागीय कारवाही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप