धनलक्ष्मी महर्जन मेरोरियल स्क्वास सोमबारबाट
धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ गतेबाट सुरु हुने भएको छ । चौंथो संस्करणको प्रतियोगिता सोमबारबाट सुरु हुने आयोजक धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै जनाकारी गराएको हो ।
प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म आयोजना हुने छ । प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ । नेपाल स्क्वास रयाकेट्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा कुल १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ ।
पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् । महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७÷७ हजार पाउने छन् । यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी