क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ : पुन
शुक्रबार, १३ साउन २०७९, १५ : २७

माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।
छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको बताए । उनले बरू आफु पुन: मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताए ।
यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाई छ । बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ