निर्वाचनको मिति घोषणा गर्न लिङ्देनको माग
शुक्रबार, १३ साउन २०७९, १५ : १३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् ।
अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए । वर्तमान गठबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?