बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय प्रमुख उप्रेतीद्वारा राजीनामा

शुक्रबार, १३ साउन २०७९, १५ : १०
शुक्रबार, १३ साउन २०७९

विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख दिपक प्रसाद उप्रेतीले  पदबाट राजीनामा दिएका छन्। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।

पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रेका उप्रेतीले पार्टीको आन्तरिक कलहको बाबजुद स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप