बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

शुक्रबार, १३ साउन २०७९, १३ : १७
शुक्रबार, १३ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ ।

‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका १० खेलाडी पनि यसै मैत्रीपूर्ण खेलबाट आउने सम्भावना देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप