बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १३ साउन २०७९, १३ : १४
शुक्रबार, १३ साउन २०७९

सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो । 

साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो । ​ टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप