आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने प्रश्नै उठ्दैन : परराष्ट्रमन्त्री खड्का

शुक्रबार, १३ साउन २०७९, १३ : ०१
शुक्रबार, १३ साउन २०७९

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने प्रश्नै नउठ्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कसरी संरक्षण र सम्बर्द्धन गर्ने भन्नेमा सरकार सचेत र जानकार रहेको बताए ।

उनले वैदेशिक सहायता स्वीकार गर्दा, कुनै विषयमा दुई पक्षीय सहकार्य गर्दा मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राख्दै आएको चर्चा गर्दै असंलग्न परराष्ट्र नीति अंगीकार गर्दै आएको मुलुकले कुनै पनि गठबन्धनमा आवद्ध हुने भन्ने प्रश्न नउठ्ने प्रस्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै संसदमा आफ्नो नेतृत्वको सरकारले राष्ट्रहित विपरीत कुनै सन्धि सम्झौता नगर्ने प्रतिवद्धता जनाइसकेको भन्दै उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखी सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति सरकार अडिग रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप